सेभोक-रम्फू रेलवे टनलविरुद्ध ग्रिन ट्रिब्युनलमा मामिला दर्ता

सिलगढी : सेभोक-रम्फू रेलवे टनलविरुद्ध ग्रिन ट्रिब्युनलमा मामिला दर्ता लगायत विविध मागलाई लिएर हिमालयन फरेष्ट भिलेजर्स अर्गनाइजेसन एवम् उत्तरबंग वन-जन श्रमजीवि मोर्चाले आवाज उठाएको छ। आज सिलगढी जर्नलिस्ट क्लबमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर संगठनको सदस्यहरूले यसबारे जानकारी गराए। पत्रकारहरूलाई सम्बोधन गर्दै उत्तरबंग वन-जन श्रमजीवि मोर्चाका संयोजक लाल सिंह भुजेलले भने, दीर्घदिनदेखि पहाडी क्षेत्रका मानिसहरूले वनाञ्चल क्षेत्रमा बसोबासो गर्ने मानिसहरूलाई जमिनको पट्टा, जङ्गल तथा नदीको अधिकार दिइनुपर्ने माग गरिरहेको छ। गत 2006 सालमा संसदमा उक्त मागहरू पारित भएपछि 2008 सालको 1 जनवरीमा कानुनी अधिकार लागू भएको थियो। यसपछि गाउँमुनि भएर सेभोक-रम्फू रेलवे टनलको निर्माण कार्य धमाधम चलिरहेको छ भने यसले गर्दा कतिपय गाउँहरूमा माटो धस्किने कार्य भइरहेको छ। टनल भएर रेलवे लाइन बिछ्याउनको लागि जताततै रुखपातहरू काटिरहेको साथै जमिनको खनन कार्य भइरहेको छ। उक्त रेलवे परियोजनाले गर्दा क्षेत्रमा भइरहेको क्षतिलाई ध्यानमा राखेर रेलवे विरुद्ध आफूहरूले ग्रिन ट्रिब्युनलमा मामिला दर्ता गरेको तिनले जनाए। सेभोक-रम्फू रेलवे टनलको निर्माणले गर्दा लगभग 24 वटा गाउँ प्रभावित बन्न पुगेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *