सेभोक-रम्फू रेल परियोजनाको निर्माण कार्यमा श्रमिकको मृत्यु, एकजना घाइते

सिलगढी : सेभोक रम्फू रेल परियोजनाको निर्माण कार्यमा फेरि एकजना श्रमिकले प्राण गुमाएको छ। प्राप्त जानकारी प्रस्तावित सेभोक-रम्फू रेल परियोजना अन्तर्गत हाल निर्माण कार्य चलिरहेको छ भने लोहापुलमा सुरूङ खनन कार्यमा गत राति अचानक भएको दुर्घटनामा एकजना श्रमिकको मृत्यु भएको छ। यसको साथै उक्त दुर्घटना एकजना श्रमिक गम्भीर रूपमा घाइते भएको छ। घटनाक्रम अनुसार लोहापुलमा सुरूङ खनन कार्य चलिरहेको समय गत राति रिप झरेर लाग्दा एकजना श्रमिकको मृत्यु भएको छ भने अर्को एकजना घाइते भएको छ। दुर्घटनापछि दुवैलाई तत्कालै रम्बी अस्पताल उपचारको निम्ति लगिए तापनि बाटोमा नै एकजना श्रमिकले प्राण गुमाएको जान्नमा आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Built with ❤︎ by appycodes