सेभोक : गोजामुमो 2 र अन्य पार्टी त्यागेर 52 परिवार टीएमसीमा सामेल भएका छन्। आज सेभोक बजार सार्वजनिक भवनमा टीएमसी खरसाङ क्षेत्रका शीर्ष नेता मिङमा आजी भुटियाको अध्यक्षतामा सिटोङ लाटपन्चर समष्टि टीएमसी पार्टीको एउटा सभा सम्पन्न भयो। उक्त सभामा सेभोक बजार क्षेत्रबाट भाजपा, सीपीआईएम, गोरामुमो, गोजामुमो 2 र कङ्ग्रेसबाट 52 परिवार टीएमसी-मा सामेल भएका छन्। आज सिटोङ लाटपन्चर समष्टि गोजामुमो 2 युवा संयुक्त सचिव सचिन छेत्री, सेभोक बजार युथ सभापति अभिषेक प्रधान, सचिव पेमा लामा, कोषाध्यक्ष सुनील लामा, सन्तु थापा टीएमसी पार्टीमा सामेल भएका छन्। ती सामेल हुनेहरूलाई टीएमसीका शीर्ष नेतृत्व मिङमा आजी भुटिया, सूर्य राई अनि बलबीर तामाङले दलीय झण्डा प्रदान गरे आफ्नो पार्टीमा स्वागत जनाए।