सेभोक कोरोनेसन ब्रिजबाट हाम फालेर युवकद्वरा आत्महत्या, जाँचमा जुट्यो पुलिस

सिलगढी : सेभोक कोरोनेसन ब्रिजबाट हाम फालेर एकजना युवकले आत्महत्या गरेको घटना प्रकाशमा आएको छ। मृतक युवक सिलगढीको ज्योतिनगर कोलनी निवासी 34 वर्षीय अभय अग्रवालको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार आज बिहान साढे 10 बजी एकजना युवकले सेभोक ब्रिजबाट हाम फालेको स्थानीय मानिसहरूले देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर सेभोक तथा मङ्पङ आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर उक्त युवकलाई उद्धार गरे तापनि तिनको मृत्यु भइसकेको थियो। पुलिसले शव पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। के कारणले गर्दा उक्त युवकले नदीमा हाम फालेर आत्महत्या गरेको हो भन्ने विषयमा पुलिसले जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *