सेभोकको ऐतिहासिक काली मन्दिरमा माताको सुनका गर-गहनाहरू चोरी

सेभोक : सेभोकस्थित ऐतिहासिक काली मन्दिरमा चोरीको घटना घटेको छ। प्राप्त जानकारीअनुसार आज बिहानै सेभोकस्थित काली मन्दिरको ताला भत्काएर माताको सुनको गर-गहना लगायत पुजाको सर-समानहरू चोरी गरेर चम्पट कसेको बताइएको छ। मन्दिरको पुरोहितले आज बिहान मन्दिर सफा गर्न भित्र प्रवेश गर्दा चोरी भएको थाहा पाएपछि मन्दिर कमिटीलाई यसबारे जानकारी गराए। यसपछि मन्दिर कमिटीले घटनाबारे सेभोक पुलिस आउटपोस्टमा अभियोग दर्ता गरेपछि पुलिसले मन्दिर परिसरमा जडान गरिएको सीसीटीभ क्यामाराको फुटेजको जाँच गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। चोरीको घटनाले गर्दा आज मन्दिर बन्द राखिएकोले पुजा गर्न आउने भक्तजनहरूले मन्दिर बाहिरबाटै पुजा अर्चना गरेको बताइएको छ। हाल पुलिसले मामिलाको जाँच गरिरहेकोले गर्दा आगामी दुई-तीन दिनसम्म उक्त मन्दिर बन्द रहने थाहा लागेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *