सेभोकको बाघपुलबाट टिस्टा नदीमा हाम फालिन् महिलाले

सेभोक : सिलगढी सहरदेखि केही टाढामा रहेको सेभोकस्थित बाघ पुल (कोरोनेशन ब्रिज)-बाट आज दिउँसो एकजना अज्ञात महिलाले टिस्टा नदीमा सोझै हाम फालेर आत्महत्या गरेको घटना प्रकाशमा आएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार आज दिउँसो लगभग 10.30 बजीको समय एकजना महिलाले बाघपुलबाट टिस्टा नदीमा हाम फालेर आत्महत्या गरे। घटनाको खबर पाएर सेभोक आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर उक्त महिलाको उद्धार कार्यमा लागे। पुलिसले घटनास्थलमा आइपुगेको फायर ब्रिगेड टोलीका कर्मीहरूको सहयोगमा खोज तलासी अभियान चलाएपछि बाघपुलदेखि केही तल पानीमा तैरिरहेको अवस्थामा उक्त महिलाको शव उद्धार गरिएको बताइएको छ। उद्धार गरिएको उक्त महिलाको शव हालसम्म चिन्हित नभएको तर यसबारेमा खोजबीन भइरहेको पुलिस सूत्रले जानकारी गराएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *