सेभोकमा रेलले काटेर एकजना व्यक्तिको मृत्यु

सेभोक: सिलगढीदेखि लगभग 10 किलोमिटर टाढामा रहेको सेभोक रेलवे स्टेशन परिसरमा आज बिहान एकजना व्यक्तिको ट्रेनले काटेर मृत्यु भएको छ। मृतक व्यक्ति शुक्रे राई सेभोक बजार निवासीको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार श्रमिक शुक्रे राई आज बिहान आफ्नो काममा गइरहेको समय अलिपुरदेखि सिलगढीतर्फ गइरहेको रेलले काटिएर मृत्यु भएको हो। घटनाको खबर पाउन साथ आरपीएफ-का जवानहरू घटनास्थलमा पुगेर मृतदेहलाई उद्धार गरेपछि पोस्टमर्टमको निम्ति अस्पतालमा पठाइ दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *