सेभोक आउट पोस्ट थानामा आजदेखि तपन कुमार दासले सम्हाले ओसीको दायित्व

सिलगढी : सेभोक कोरोनेसन ब्रिज (बाघपुल)-मा हिजो गरिएको वेब सीरिजको सुटिङ अवधि पुल नजिक भयानक ट्रक विस्फोटको छाँयाङ्कन गरेको घटनालाई लिएर सेभोक आउटपोस्ट पुलिसका ओसी डालिम अधिकारीलाई दार्जिलिङ लेबुङ पुलिस आउटपोस्टमा सरूवा गरिएको छ। तिनको बद्लीमा सेभोक आउटपोस्ट ओसीको दायित्व तपन कुमार दासलाई सुम्पिएको छ। ओसी दासले आजदेखि नै सेभोक आउटपोस्ट पुलिस थानाको दायित्व सम्हाले। अर्कोतिर, कुनै अनुमति बिनै वेब सीरिजको निम्ति कोरोनेसन ब्रिजमा चर्को आवाजसँगै एउटा ट्रकमा भयानक विस्फोट साथै आगो लगाइएको दृश्य छाँयाङ्कन गरेको आरोपमा लाइन प्रोड्युसर चैताली बन्दोपाध्याय (45)-लाई पक्राउ गरेपछि आज कालेबुङ अदालतमा पेश गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *