सेभोक रम्फु रेल परियोजनामा कार्यरत् 2 जना श्रमिकको कालीझोडामा मृत्यु

सेभोक: सेभोक रम्फु रेल परियोजना अन्तर्गत कालीझोडामा चलिरहेको पुल निर्माण कार्यमा गत रात भएको दुर्घटनामा दुईजनाको श्रमिकको मृत्यु भएको छ। दुर्घटनामा मर्नेहरूमा झारखण्ड राज्यको दुईजना श्रमिकहरू सन्तोष रोय (25) र करु सामेल रहेको बताइएको छ। घटनाबारे सेभोक पुलिसले दिएको जानकारी अनुसार कालीझोडाको कालीखोलामा पुल बनाउने कार्य चलिरहेकोले त्यही पुलको पिलरको छेउमा रहेको भित्ता गत राति लगभग साढे एघार बजेको समयमा धस्किँदा ती दुवै मजदुरहरु पच्चीस फीट तल खस्दा उक्त धस्केको माटोले पुरिएर ज्यान गुमाएको जनाइएको छ। दुर्घटना पछि दुवै जनाको शवलाई घटनास्थलबाट पुलिसले उद्धार गरेर पोस्टमार्टमको निम्ति उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पताल लगिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *