सेभोक रम्फु रेल परियोजना अन्तर्गत भालुखोलामा टनलभित्र दुर्घटना हुँदा एकजना चालकको मृत्यु

मल्ली: सिक्किमलाई रेल परिसेवासित जोड्ने उद्देश्य लिएर हाल निर्माणाधिन अवस्थामा रहेको सेभोक रम्फु रेल परियोजना अन्तर्गत राष्ट्रिय राजमार्गको किर्ने नजिक भालुखोला 10 नम्बर टनलमा दुर्घटना हुँदा एकजना स्काइभेटर चालकको मृत्यु भएको जानकारी प्राप्त भएको छ। मृतक चालक कुचबिहार निवासी शङ्कर बर्मनको रूपमा चिन्हित गरिएको छ। यसबाहेक अन्य दुईजना श्रमिकहरू पनि घाइते भएका छन्। प्राप्त जानकारी अनुसार मल्लीको किर्ने नजिक भालुखोलामा अवस्थित टनल नम्बर 10 भित्र काम गरिरहेको समयमा दुर्घटना हुँदा एस्काभेटर चालक गम्भीर रूपमा घाइते भएका थिए। त्यसपछि तिनलाई तत्कालै गम्भीर घाइते अवस्थामा रम्बी अस्पताल पठाइएको थियो। त्यहाँ चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिएको बताइएको छ। अर्कोतिर, दुर्घटनामा परेका कर्मचारी चालकको घटना स्थलमैं ज्यान गइसकेको थियो भन्ने केही मानिसहरूको भनाई रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Built with ❤︎ by appycodes