सेभोक वाहन दुर्घटनामा चालकसहित अन्य घाइते

सिलगढी : अनियन्त्रित भएर एउटा पिकअप भ्यान राष्ट्रिय राजमार्ग 10 अन्तर्गत पर्ने सेभोक नजिक सडकबाट खस्दा चालकलगायत अन्य यात्रीहरू घाइते भएका छन्। प्राप्त जानकारीअनुसार आज दिउँसो एउटा पिकअप भ्यान अनियन्त्रित भएर सेभोक नजिक सडकबाट तल झर्दा वाहन चालकलगायत अन्य यात्रीहरू घाइते भएका छन्। घाइतेहरूलाई उद्धार गरेर तत्कालै उपचारको लागि सिलगढी अस्पतालमा पठाइएको छ। उक्त वाहन दुर्घटनाको जानकारी पाएर सेभोक आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर घटनाको छानबीन शुरू गरेको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *