सेवा केन्द्रद्वारा आवश्यकमन्द महिलाहरूलाई खाद्य सामग्री वितरण

खोरीबारी प्रधाननगरस्थित सेवा केन्द्रको तर्फबाट आज फुलबारी टी स्टेट तथा थानझोड़ा चियाकमान क्षेत्रका आवश्यकमन्द महिलाहरूलाई खाद्य सामग्री लगायत भिटामिनको ट्याबलेट वितरण गरियो। आज फुलबारी टी स्टेटको 13 तथा थानझोड़ा चियाकमान क्षेत्रका लगभग 18 जना नवजात शिशुहरूको आमालाई लगायत असहाय मानिसहरूबीच एक किलो चना, एक किलो दाल, 500 ग्राम दुध, 500 ग्राम सोयाबीन, एक किलो तेल वितरण गरेको सेवा केन्द्रका सदस्यहरूले बताए। यसको साथै कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखेर सेनिटाइजर अनि भिटामिनको ट्याबलेट पनि वितरण गरियो। यस अवसरमा सेवा केन्द्रका बाल्मीक बारला, लीमा बेक, राजु नागेसिया, सुनीता तिर्की तथा सरोजिनी बारला उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *