सेवा सप्ताह कार्यक्रम अन्तर्गत भाजपा नक्सलबारी मण्डल-द्वारा सफाई अभियान 

नक्सलबारी :  प्रधानमन्त्री नरेन्द्र मोदीको 70औँ जन्मदिनको अवसरमा भाजपाले सेवा सप्ताहको रूपमा मनाइरहेको छ। यसै अन्तर्गत आज भाजपा नक्सलबारी मण्डलको तर्फबाट एउटा कार्यक्रमको आयोजना गरेर नक्सलबारीको अन्नपूर्णा कालीबाड़ी, श्मशान घाट लगायत पार्कको साफ-सफाई गरियो। यसपछि अन्नपूर्णा कालीबाड़ी, श्मशान घाट र पार्कमा विभिन्न प्रकारको रुखको विरुवाहरू रोपियो।


यस अवसरमा भाजपा जिल्ला महासचिव मनोरञ्जन मण्डल, नक्सलबारी मण्डल अध्यक्ष मङ्गलु राय, महासचिव टीकाराम दहाल, राज कमल सरकार तथा अन्य कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *