एसएफआई-द्वारा मुख्यमन्त्रीको राजीनामाको माग गर्दै ‘चोर धरो जेल भरो’ कार्यक्रम  

सिलगढी (नि.सं.):  एसएफआई दार्जिलिङ जिल्ला कमिटीको तर्फबाट आज बुधवार ‘चोर धरो जेल भरोअर्थात चोर पक्र जेल भर कार्यक्रमको आयोजना गरियो। यस कार्यक्रम अन्तर्गत एसएफआई-का सदस्यहरूले राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीले राजीनामा दिनु पर्ने माग गर्दै सिलगढी कलेज अघि धरना प्रदर्शन गरे। यस अवसरमा एसएफआई दार्जिलिङ जिल्ला कमिटीका सचिव अंकित दे-ले भने, तृणमूल सरकार विभिन्न भ्रष्टाचारमा लिप्त छ। यी सबै चोर तथा भ्रष्टाचारीहरूलाई पक्राउ गर्नु पर्छ। चोर तथा भ्रष्टाचारीहरूलाई  पक्राउ गरिनु पर्ने मागमा अभियान लगातार जारी रहने तिनले बताए।  


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *