एसएफआई-को 29औँ दार्जिलिङ जिल्ला सम्मेलनको लागि लोगो तथा स्लोगन सार्वजनिक

सिलगढी :  आगामी 13 सेप्टेम्बरको दिन एसएफआईको 29औँ दार्जिलिङ जिल्ला सम्मेलनको आयोजना गरिने भएको छ। सिलगढीको हिलकार्ड रोडस्थित जिल्ला कार्यालयमा आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर संगठनको 29औँ दार्जिलिङ जिल्ला सम्मेलनको लागि लोगो तथा स्लोगन सार्वजनिक गरियो। पत्रकार सम्मेलनमा संगठनका सदस्यले आउँदो सम्मेलनको मूल स्लोगन फिरिये दाउ क्याम्पस, फिरिये दाउ शिक्षा, आरन नय अनुदान आर नय भिक्षा सार्वजनिक गर्यो। कोरोना प्रोटोकललाई पालन गर्दै सबै शिक्षा प्रतिष्ठानहरू खोलिनुपर्ने साथै शिक्षक-शिक्षिका तथा विद्यार्थीहरूलाई चाँडै कोरोनाको भ्याक्सिन लगाउनुपर्ने आफूहरूको माग रहेको तिनीहरूले बताए। यस अवसरमा एसएफआई जिल्ला सचिव शङ्कर मजुमदार, जिल्ला अध्यक्ष सागर शर्मा, जिल्ला सचिव मण्डलीका सदस्य अभिजीत चन्द, तन्मय चन्द लगायत दलका अन्य कार्यकर्ता तथा समर्थकहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *