एसएफआई तथा डीवाईएफआई खोरीबारी-द्वारा शहीदहरूलाई श्रद्धाञ्जलि

खोरीबारी : एसएफआई तथा डीवाईएफआई खोरीबारी लोकल कमिटीको तर्फबाट गल्वानमा शहीद भएका भारतीय सेनाका जवानहरूको स्मरणमा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरियो। यसको साथै एसएफआई र डीवाईएफआई खोरीबारी लोकल कमिटीको तर्फबाट एउटा मौन जुलूस पनि निकाल्यो। यस अवसरमा खोरीबारी पञ्चायत समिति अध्यक्ष बादल चन्द्र सरकार, एसएफआई खोरीबारी लोकल कमिटीका सचिव राजा दास, अध्यक्ष जयन्त सरकार, दार्जिलिङ जिल्ला कमिटीका उपाध्यक्ष इन्द्रजीत सरकार, डीवाईएफआई लोकल कमिटीका सचिव अबु मन्नान, दार्जिलिङका जिल्ला सहसचिव धरनी मोहन दास एवम् अन्य कार्यकर्ताहरू उपस्थित थिए।


एसएफआई खोरीबारी लोकल कमिटीका सचिव राजा दासले बताएअनुसार भारत-चीन सीमा गल्वान घाँटीमा चीनी सैनिकहरूसितको संघर्षमा भारतीय सेनाका 20 जना जवानहरू शहीद भएका छन्। यसैले तिनीहरूको स्मरण गर्दै आज उक्त कार्यक्रमको आयोजना गरेर ती शहीदहरूलाई मोमबती जलाएर श्रद्धाञ्जिल अर्पण गरेको तिनले बातए। यसको साथै एउटा मौन जुलूस पनि निकालिइयो। उक्त घटनापछि तिनीहरूले सबैलाई चीनमा बनेका सर-समानहरू बिक्री नगर्ने साथै प्रयोगमा नल्याउने अपील पनि गरे।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *