शहीद कप: सनराइज ढिपडाँड़ा सेमिफाइनलमा प्रवेश

सुकेपोखरी: गोरुबथान माल युथद्वारा गोरुबथान खेल मैदानमा सम्पन्न भइरहेको शहीद कप नक आउट फुटबल टुर्नामेन्टको पहिलो क्वार्टर फाइनल म्याच सनराइज ढिप डाँड़ा बनाम माल बस्ती एफसीमाझ सम्पन्न भयो। निर्धारित समयसम्म दुवै दलले कुनै गोल गर्न नसकेपछि अन्तमा टाइब्रेकर मार्फत 1 को विरुद्ध 3 गोल गरेर सनराइज ढिप डाँड़ा विजयी बन्यो। यस म्याच अवधि केएफसी सिलगढीका कार्यकारी अध्यक्ष तथा सुकुना गेम्स एन्ड स्पोर्ट्सका महासचिव सुरेन प्रधान प्रमुख आतिथि, विशिष्ट अतिथिहरूमा अन्तर्राष्ट्रीय गोल किप्पर केशव प्रधान, कमल राणा, प्रकाश बस्नेत, महेश्वर प्रधान आदिको उपस्थिति रहेको थियो। उक्त टुर्नामेन्टको फाइनल खेल आगामी 27 जुलाई शहीद दिवसको दिन सम्पन्न हुने आयोजक समितिले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *