शहीद टाँशी भुटियाको शहीद वेदी परिसरमा मैला नथुपारिदिने अपील

सोनादा : सोनादा बजारमा अवस्थित शहीद टाँशी भुटियाको शहीद वेदी परिसरमा थुपारिएको फोहोर मैला विषय लिएर गोरामुमो सोनादा टाउन कमिटी अघि आएर उक्त ठाउँमा फ़ोहोर मैला नराखिदिने अपील गरेका छन्। यसको साथै सोनादा टाउन कमिटीले सोनादा फोहोर मैला ब्यवस्थापन कमिटीलाई भेटघाट गरेर उक्त कुराको जानकारी गराएपछि अब उसो शहीद बेदी परिसरमा फोहोर मैला नथुपार्ने आश्वासन दिएको छ। राष्ट्रिय राजमार्ग 55 अन्तर्गत रहेको यस सडक मार्गबाट सबैले यात्रा गर्छन्। पर्यटकहरुको आगमन पनि यही मार्ग भएर गर्छन्, त्यति मात्र होइन यसरी बजारको मध्य भागमा फोहोर मैला थुपार्दा विभिन्न रोगहरुको संक्रमणमा पर्न सक्छ त्यसकारण कसैले पनि फोहोर मैला उक्त ठाउँमा नफ्याँकिदिने गोरामुमो सोनादा टाउन कमिटीले अपिल गर्दै अबउसो गोरामुमो सोनादा टाउन कमिटीले पनि हेर-विचार गर्ने साथै फोहोर मैला थुपार्नेलाई कार्वाही गर्ने सोनादा टाउन कमिटीका अध्यक्ष रुस्तम छेत्रीले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *