शहीद वेदीमा कुनै पनि पार्टीको झण्डा नलगाएर शहीद दिवस पालन गर्ने अपील

सोनादा : पहाड़भरि विभिन्न राजनैतिक पार्टीहरूले प्रशासनले दिएको समयानुसार आज शहीद दिवस पालन गरे तापनि सोनादाको रंगमुक क्षेत्रमा भने यसपाली कुनै राजनैतिक पार्टीको पक्षबाट नगरेर आम जनताले अराजनैतिक तरिकाले शहीद दिवस पालन गरेको देखियो। गाउँका जाति र माटोप्रेमी सचेत जनता अघि आएर कुनै राजनैतिक पार्टीको ब्यानरबिना नै शहीद दिवस पालन गरे। पहाडभरि विभिन्न राजनैतिक पार्टीहरूले तैछाड र मैछाड गर्दै शहीद दिवस पालन गरिरहेको बेला रंगमुक बीच गाउँमा भने आज कुनै राजनैतिक पार्टीको आड़बिना नै शहीद दिवस पालन गऱ्यो। यस विषयमा रंगमुकबाट उमेश राईले यस विषयमा बताए अनुसार यसपाली रंगमुकमा भिन्नै प्रकारले शहीद दिवस पालन गरेका छौं कारण शहीद कसैको पेवा हुँदैन अनि शहीद कुनै पार्टीको पनि हुँदैन तर शहीद सबैको लागि हो भनी बताए। तिनले यसपाली रंगमुक बीच गाउँद्वारा कुनै पार्टीगत रुपमा नगरेर गाउँको बुद्धिजीवीबुजुर्गहरू र गाउँका क्लबहरू मिलेर शहीद वेदी बनाउने निर्णय गरेको पनि बताए। अब यस शहीद वेदीमा आउँदा सबैले पार्टी आफ्नै घरमा राखेर सबै आम जनता भएर मिलेर एक मुष्ठमा पालन गर्ने र अबदेखि यस शहीद वेदीमा कुनै पनि राजनैतिक पार्टीको झण्डा नराखिदिने तिनले निवेदन गर्दै गाउँमा सबै गोर्खा भएर शहीद दिवस पालन गर्ने पनि आह्वान गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *