साहित्यकार भवजीत तामाङ स्मृति ग्रन्थ प्रकाशित गरिने

सुकेपोखरी: गिरी पुरस्कार प्रापक वरिष्ठ साहित्यकार भवजीत तामाङ स्मृति ग्रन्थ प्रकाशन समितिले श्रीमती रोमा तामाङको विशेष उपस्थितिबीच पत्रकार सम्मेलन डाकेर स्मृति ग्रन्थ प्रकाशनबारे जानकारी गराएको छ । विशेष प्रकाशन समितिले साहित्यकार भवजीत तामाङ स्मृति ग्रन्थ चाँड़ै प्रकाशित गर्ने जानकारी गराउँदै दार्जीलिङ, सिलगढ़ी, मिरिक, सुनदह, खरसाङ, कालेबुङ, सिक्किम तथा सङ्लग्न क्षेत्रका साहित्यकार, साहित्यिक अनुरागी एवं सचेत व्यक्ति विशेषप्रति साहित्यकार भवजीत तामाङ विषयमा केन्द्रित रचना प्रकाशन समिति समक्ष सम्प्रेषण गरिदिने अनुरोध गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *