शमशेर अलीलाई लैनसिंह वाङ्देल स्मृति पुरस्कार प्रदान गरिने

सिलगढी : नेपाली भाषा र साहित्यको सेवा गर्दै आइरहेका वरिष्ठ कथाकार शमशेर अलीलाई 2020-को लैनसिंह वाङ्देल स्मृति पुरस्कार प्रदान गरिने भएको छ। विगत 60 को दशकदेखि नेपाली साहित्यमा कलम चलाउँदै आइरहेका शमशेर अलीले भारतीय नेपाली साहित्यलाई अहिलेसम्म बिउ भाले (2010), सोल्दाती गोर्खा मोल्तो ब्योनी (2014), हुट्टीट्याउँ (2019) गरेर हालसम्म तीनवटा कथा संग्रह प्रकाशित छन्। यसको साथै तिनको प्रकाशनको निम्ति तयार रहेको आफरिन (2021) पनि रहेको छ। लैनसिंह वाङ्देल साहित्य कला प्रतिष्ठानको भर्चुअल बैठकमा उपस्थित सभापति धनलाल रामुदामु, उपसभापति सन्तोष चन्द्र दर्नाल, मूल सचिव सञ्जीव गुरूङ, सहसचिव अरूण राई, कोषाध्यक्ष खड्ग गुरूङ, सल्लाहकार राजा पुनियानी, संरक्षक विकास कार्की, प्राध्यापक अशेष लिम्बू आदिको निर्णय अनुसार कथाकार शमशेर अलीलाई लैनसिंह वाङ्देल स्मृति पुरस्कार प्रदान गरिने निर्णय लिएको छ। स्मरण रहोस्, उक्त प्रतिष्ठानद्वारा समाजका विशिष्ट व्यक्तिलाई सम्मान लगायत कला र साहित्यको क्षेत्रमा काम गरिरहेको स्रष्टाहरूलाई उक्त पुरस्कार प्रदान गर्दैआइरहेको छ भने यसभन्दा अघि उक्त पुरस्कार हत्याउनेहरूमा राजनारायण प्रधान, झमक घिमिरे, हेमु राई र अमिर सुन्दास प्रमुख छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *