शङ्कर घोष सिलगढी आसनको लागि भाजपा प्रार्थी

सिलगढी : धेरै दिनदेखि रहेको विभिन्न अड्कलबाजीहरूबीच आज भाजपाले विधानसभा चुनाउको लागि प्रार्थीहरूको अर्को सूचीको पनि घोषणा गर्यो। यसै अन्तर्गत सिलगढी र डाबग्राम-फुलबारी विधानसभा आसनको लागि पनि आफ्नो पार्टीको उम्मेद्वारको नाम सार्वजिनक गरेको छ। यस घोषणा अनुसार हालै माकपा त्यागेर भाजपामा सामेल भएका शङ्कर घोषलाई सिलगढी आसनमा भाजपा प्रार्थीको रूपमा खडा गरेको छ। यसैगरी, डाबग्राम-फुलबारी विधानसभा क्षेत्रबाट भाजपा प्रार्थीको रूपमा शिखा च्याटर्जीको नाम चयन गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *