शान्ति ठटाललाई जगदम्बा पुरस्कारले सम्मानित गरिने

बिजनबारी : भारतीय नेपाली सङ्गीत जगतका चर्चित गायिका तथा सङ्गीतकार शान्ति ठटाललाई नेपालबाट जगदम्बा पुरस्कार 2077 (विसं)-ले सम्मानित गरिने भएको छ। उक्त घोषणापछि बिजनबारीको कला संगमले खुशी प्रकट गर्दै गायिका ठटाललाई अग्रिम शुभाकामना दिएको छ। कला संगमका सभापति पुनम दर्नालले यसबारेमा जारी विज्ञप्तिमा जनाएकी छन्। नेपाल काठमाडौँको मदन पुरस्कार गुठीले शान्ति ठटाललाई यसपल्टको जगदम्बा पुरस्कार प्रदान गर्ने घोषणा गरेपछि भारतीय नेपाली साङ्गीतिक क्षेत्रमा खुशी छाएको छ। गत 6 दशक अघिदेखि नेपाली सङ्गीत क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याए वापत् प्रदान गरिने जगदम्बा श्री पुरस्कार 2077-मा नगद 4 लाख नेपाली रुपियाँ पनि प्रदान गरिने आयोजक समिति सूत्रले जनाएको छ। अर्कोतिर, गायिका शान्ति ठटालले जगदम्बा श्री पुरस्कार दिने घोषणा गरेकोमा खुशी प्रकट गर्दै मदन पुरस्कार गुठीलाई आन्तरिक हृदयबाट धन्यवाद दिएकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *