शेयर एफसी सडन डेथमा जितेर अन्तिम आठमा प्रवेश

मिरिक: मिरिक स्पोर्टस एसोसिएशनको आयोजनमा जारी फुटबल प्रतियोगिता अन्तर्गत हिज खेलिएको म्याचमा शेयर एफसीले सडन डेथमा युनाइटेड रङ्गबुल फुटबल क्लबलाई पराजित गऱ्यो। नियमित नब्बे मिनटको खेलमा दुवै टोली 1-1 गोलको बराबरीमा रहेको थियो। मिरिक आहाले खेल मैदानमा खेलिएको म्याचमा नितेश गुरुङले पेनल्टीबाट गोल गरेर शेयर एफसीलाई 34औ मिनटमा बढ़त दिलाए, जुन मध्यान्तरसम्म कायम रह्यो। यसपछि दोस्रो हाफको 77औं मिनटमा उत्तम राईले गोल गरेर युनाइटेड रङ्गबुललाई 1-1-को बराबरीमा पुऱ्याए। रहल समयमा थप गोल हुन नसक्दा म्याच पेनल्टी शूट आउटसम्म तन्कियो तर त्यसमा पनि स्कोर 5-5 रहँदा अन्तमा सडन डेथ शुरु भयो। सडन डेथमा म्यान अव् द म्याच रहने गोलकीपर प्रनव छेत्रीको उत्कृष्ट प्रदर्शनले शेयर एफसीलाई अन्तिम आठमा पुऱ्यायो। खेलको विजेता टोली शेयर एफसीले अब 14 जनवरीको दिन खेलिने क्वार्टर फाइनलमा कञ्चनजङ्घा फुटबल क्लब (केएफसी), सिलगढ़ीको चुनौती स्वीकार्ने छ। यसरी नै आजको म्याच मिरिक युथ क्लब बनाम एपेक्स फुटबल क्लब, कालेबुङमाझ हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *