शेर एफसीलाई पराजित गरेर आमुक्त परिवार सिलगढी अघिल्लो चरणमा

सिलगढी : शेर एफसी कालेबुङलाई पराजित गरेर आमुक्त परिवार सिलगढी पन्ध्रौँ सुकना गोल्डकप फुटबल टुर्नामेन्टको दोस्रो चरणमा प्रवेश गरेको छ। सुकना गेम्स् एन्ड स्पोर्ट्स एसोसिएसनको तत्वावधानमा आयोजित यस प्रतियोगिता अन्तर्गत आज खेलिएको प्रथम चरणको अति रोमाञ्चक म्याचमा आमुक्त परिवार सिलगढीले शेर एफसी कालेबुङलाई 1-0 गोलले पराजित गर्यो। आजको म्याच शुरू भएको लगभग 5औ मिनटमा आमुक्त परिवारका खेलाडी स्माइल तामाङले गरेको एक मात्र खुबै दर्शनीय गोल नै अन्तसम्म निर्णायक बन्नको साथै आफ्नो टोलीलाई समेत विजयी बनायो।


आजको खेलमा असल खेलको प्रदर्शन गरेर दर्शकवर्गलाई आनन्दित पार्ने आमुक्त परिवारका खेलाड़ी बिक्रम दर्जीलाई म्यान अफ् द म्याच चयन गरियो भने प्रमुख अतिथि डीटी लेपाङको बाहुलीबाट तिनलाई ट्रफी प्रदान गरियो। यसै प्रतियोगिता अन्तर्गत भोलि बिहिवार दोस्रो चरणको पहिलो खेल युनाइटेड रङ्बुल बनाम युकेएफसी खरसाङमाझ जम्काभेट हुने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *