शेर्पा विकास बोर्डका चेयरम्यानद्वारा समतल क्षेत्रका गुम्बाहरूको परिभ्रमण

सिलगढी : शेर्पा विकास बोर्डका चेयरम्यान निमा वाङ्दी शेर्पाले आज समतल क्षेत्रमा रहेका केही गुम्बाहरूको परिभ्रमण गरे। तिनले आज राज्य शरणार्थी सेलका चेयरम्यान मुकुल बैराग्य लगायत बुद्धिष्ट सेलका अन्य सदस्यहरूलाई साथमा लिएर तराई क्षेत्रमा पर्ने नक्सलबारी, पानीघट्टा, दुधेस्थित केही गुम्बाहरूको परिभ्रमण गरे। यसको साथै बाघडुग्रा भुट्टाबारी इलाकामा रहेको खुल्ला जमिनमा नयाँ गुम्बा निर्माण गरिदिने तिनले आश्वासन दिएका छन्। तिनले बताएअनुसार राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशअनुसार आफूले शेर्पा बोर्डको चेयरम्यान पद सम्हाल्दै आइरहे तापनि अबउसो बुद्धिष्ट सेलको दायित्व पाएकोले विविध विकासमूलक कार्यहरू गरिने बताए। पहाड, तराई, डुवर्सको सम्पूर्ण बौद्ध धर्मावलम्बीहरूलाई एउटै छानामुनि राख्ने प्रयास गरिरहेको बताउँदै राज्यमा पछि रहेका बौद्ध धर्मावलम्बीहरूलाई विकासको पथमा अघि लैजाने आफ्नो मुख्य लक्ष्य रहेको तिनले जनाए।


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *