शेर्पा परिवारलाई आइसोलेसनबाट मुक्त

सुकेपोखरी: गत केही दिन अघि प्लुङदुङ भोटिया गाउँ स्कूल डाँडा निवासी नर्बु डुक्पाको पिताको कोरोना संक्रमित भएर मृत्यु भएपछि तिनीसित सम्पर्कमा आएको राजुला शेर्पा तथा रोमन शेर्पाको परिवारलाई गत 22 मईदेखि आईसोलेसनमा राखिएको थियो। दुवै परिवारका सबै सदस्यहरूको आरटीपीसीआर टेस्ट गरेपछि रिपोर्ट नेगेटिभ आएकोले आज तिनीहरूलाई शुभकामना दिदैँ आइसोलेट मुक्त गरियो। समाजको नियम र निर्देशनलाई पालन गर्दै आइसोलेसनको अवधि पूरा गरेकोमा प्लुङदुङ तरुण सङ्घका सभापति रबिन मुखिया साथै अन्यहरूको उपस्थितिमा शेर्पाद्वयको परिवारलाई आइसोलेसनबाट मुक्त गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *