शिखा च्याटर्जीको समर्थनमा भाजपा नेता दिलीप घोषले गरे चुनाउ प्रचार

सिलगढी : डाबग्राम फुलबारी विधानसभा आसनका भाजपा प्रार्थी शिखा च्याटर्जीको समर्थनमा आज चुनावी जनसभा सम्पन्न भयो। जनसभा शुरू गर्न अघि भाजपा राज्य सभापति दिलीप घोषको उपस्थितिमा राजगञ्जबाट एउटा र्‍याली निकालेर ईस्टर्न बाइपास हुँदै ढाकेश्वरी काली मन्दिरस्थित मैदानमा पुगेर जनसभामा परिणत भयो। उक्त जनसभालाई सम्बोधन गर्दै भाजपा राज्य सभापति दिलीप घोषले तृणमूल नेत्री ममता ब्यानर्जीमाथि कटाक्ष कस्दै भने, खेला होबेना, व्हिल चेयर ठेला होबेअर्थात् खेला होइन, व्हिल चेयर ठेल्नु पर्छ। हिजो तृणमूल प्रार्थी गौतम देवको भाइरल भएको भीडियोबारे बोल्दै तिनले विधानसभा चुनाउमा पराजय हुने डरले गर्दा नै मतदाताहरूलाई यस प्रकारले धम्की दिइरहेको बताए। उक्त जनसभामा दिलीप घोषको उपस्थितिमा धेरैजनाले भाजपाको झण्डा ग्रहण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *