शिवखोलाका करण तामाङ क्वारेन्टाइन मुक्त

खरसाङ : खरसाङ महकुमा अन्तर्गत सिविटार चियाबारीको शिवखोलामा कतारबाट आएका एकजनालाई क्वारेनटाइन मुक्त गरियो। सिविटारको शिवखोला निवासी किसान तामाङ र रोजिना तामाङकी सुपुत्र करण तामाङलाई 14 दिनपछि क्वारेनटाइन मुक्त गरियो। गत 31 अगस्तको दिन तिनी कतारबाट घर फर्कि आएर क्वारेनटाइनमा बसेका थिए भने गत 4 सेप्टेम्बरको दिन तिनको रेपिड एन्टीजेन टेस्ट गरेपछि रिपोर्ट नेगेटिभ आएको थियो। आज तिनलाई शिवखोला फ्रेण्ड्स क्लबको पदाधिकारीहरू, गोजमुमो सिविटार बुथ कमिटी, सर्भिलेन्स कमिटीका पदाधिकारीहरूको उपस्थितिमा खदा  लगाइ दिएर क्वारेनटाइनमुक्त गरियो। यस अवसरमा स्थानीय समाज फ्रेड्स क्लबका सभापति शंकर तामाङ, सचिव अमीर राई लगायत गोजमुमो सिविटार बुथ कमिटीका उपाध्यक्ष पेम्बा तामाङ, जीटीए सर्भिलेन्स टीम सिविटारको को- अर्डिनेटर राजीव तामाङ, सर्भिलेन्स टीम एवम् गोजमुमो सिविटार बुथ कमिटीका कार्यकारी सभापति कुसाङ लामा एवम् अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *