शिवखोलाको आईएनए मेमोरियल माध्यमिक विद्यालयको रजत जयन्ती समारोह सम्पन्न

खरसाङ : खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको सिमरिङ शिवखोलामा रहेको आईएनए मेमोरियल हाई स्कूलको रजत जयन्ती समारोह सम्पन्न गरियो। यस अवसरमा स्कूलका सबै शिक्षक-शिक्षिकाहरूलाई सम्मान जनाइयो। उक्त रजत जयन्ती समारोहमा सभाध्यक्षको रुपमा जेएस लामा अनि प्रमुख अतिथिको रुपमा वरिष्ठ साहित्यकार एवम् तीनधारे उच्चतर माध्यमिक विद्यालयको पूर्व प्रधान अध्यापक हस्त नेचाली तथा विशिष्ट अतिथिहरूमा मार्थारानी राई, एके देवान, एस्डर मसीह प्रकाश मोक्तान, तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको प्रधान अध्यापक लिला सिंह, अनिता गजमेर, रोजीरानी राई मुखिया, महेन्द्र छेत्री, प्रनिता घिसिङ साथै अभिभावकवर्ग अनि भूतपूर्व विद्यार्थीहरु उपस्थित थिए। विद्यालयका सम्पूर्ण स्टाफद्वारा आईएनए स्कूलको ´कदम कदम´ थिम गीत प्रस्तुत गरिएको थियो।

यसरी नै निद्यार्थीवर्गद्वारा अभिनय अनि भूतपूर्व विद्यार्थी सङ्गत तामाङले आफ्नो नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा यसै कार्यक्रममा आईएनए माध्यमिक विद्यालय स्थापनाको समय योगदान दिने विशिष्ट व्यक्तिहरूलाई आभार प्रकट गर्दै सम्मान जनाइयो। यस कार्यक्रममा तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको पूर्व प्रधान अध्यापक पीएस दानलाई मरोणाप्रान्त सम्मान प्रदान गरियो। त्यसरी नै प्राथमिक पाठशालाको शिक्षक-शिक्षिकाहरू लगायत आईएनए मेमोरियल माध्यमिक विद्यालयका शिक्षक-शिक्षिकाहरु, अशिक्षण कर्मीहरूलाई पनि स्मृति चिन्ह प्रदान गरियो। कार्यक्रममा तीनधारेका अरूणा सुन्दास र पूर्व छात्र बिक्की पाख्रिनलाई पनि स्मृति चिन्ह प्रदान गरेर सम्मान गरियो। कार्यक्रममा स्थानीय विभिन्न स्कूलका प्रधान अध्यापक- अध्यापिकाहरू एवम् शिक्षक-शिक्षिकाहरु लगायत अभिभावकगण, भूतपूर्व विद्यार्थीहरू विशेष रुपमा उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes