शिवखोलामा नेपाली जातीय भोजन प्रदर्शनी

खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको शिवखोला ग्राम पञ्चायत अन्तर्गत पर्ने सबै आँगनवाडी कर्मी अनि सह-कर्मीहरूद्वारा राष्ट्रिय सुपोषण महिना कार्यक्रम अनुसार आज नेपाली जातीय भोजन प्रदर्शनी कार्यक्रमको आयोजना गरियो। उक्त जातीय भोजन प्रदर्शनी कार्यक्रम शिवखोला ग्राम पञ्चायतको सबै आँगनवाडी कर्मीहरूद्वारा मालुटार चियाबारीको डाक बंगला आँगनवाडी केन्द्रमा आयोजना गरिएको थियो। उक्त कार्यक्रममा विभिन्न गाउँका गर्भवती महिला, प्रसुती महिलाहरू, नानीहरू लगायत अन्यहरू उपस्थित थिए। यस अवसरमा आँगनवाडी कर्मीहरूद्वारा मानिसहरूलाई स्वास्थ्य भोजन विषयमा जागरूक गराइयो। कार्यक्रममा विशेष रूपमा सिमरिङकी आँगनवाडी कर्मी छुन्नु लामाले उपस्थित आमा, नानीहरूलाई सुपोषण महिना विषयमा बताउँदै आजको नेपाली जातीय भोजन प्रदर्शनी कार्यक्रम विषयमा पनि जानकारी गराइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *