शिवपुराण अनुष्ठानमा मिरिकको मरमा आइपुगे विनय तामाङ

मिरिक : मिरिकको मरमा चियाबारीमा आयोजना भइरहेको श्री शिवपुराण एकादशीय महाज्ञान यज्ञको समापन अनुष्ठानमा आज गोजमुमो-2 का अध्यक्ष विनय तामाङ अचानक आइपुगे। यस अवसरमा स्थानीय पार्टी कार्यकर्ताहरुले पार्टी अध्यक्ष विनय तामाङलाई भव्य स्वागत जनाए। आज धार्मिक अनुष्ठान शिव रात्रीमा पूजा-अर्चना गर्न आएको हो तर कुनै राजनैतिक कार्यक्रम गर्न आफु यहाँ नआएको तिनले बताए। यद्यपि, वर्तमान राजनैतिक सन्दर्भमा नेशनल गोर्खा एसेम्बली बारे प्रश्न गर्दा यसको प्रारुप तयार भइरहेको अनि चाँडै केन्द्र सरकारसित भेटेर यसबारे कुराकानी गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *