शिवखोला एडभेञ्चर क्याम्पलाई कोरोना संक्रमितहरूको निम्ति आइसोलेसन सेन्टर बनाउन प्रदान गरिने

खरसाङ : खरसाङ खण्ड अन्तर्गत तीनधारे महानदी समष्टीको शिवखोला ग्राम पञ्चायत क्षेत्रमा रहेको शिवखोला एडभेञ्चर क्याम्प यो कोविड महामारीको समय आईलेशन सेन्टर बनाउन प्रदान गर्ने भएको छ। ग्रामीण पर्यटन व्यवसायमा चर्चित रहेको शिवखोला एडभेञ्चर क्याम्पले कोभिड महामारीको दोस्रो लहरमा गाउँ बस्ती क्षेत्रमा पनि प्रकोप बढ्न थालेको कारणले मालिक पक्षको तर्फबाट सहयोग प्रदान गर्ने हेतुले सम्बन्धित विभागबाट आइसोलेशन सेन्टर बनाउन सक्ने र यहाँ कोभिड रोकथामको दिशामा पहल गर्नलाई यो होमस्टे आईलेसन सेन्टर निर्माण गर्नलाई प्रदान गरिने जानकारी शिवखोला एडभेञ्चर क्याम्पका मालिकवर्गले आज पत्रकार सम्मेलन गरी जानकारी गराएका छन्। आज शिवखोला एडभेञ्चर क्याम्प परिसरमा नै पत्रकार सम्मेलन गरेर यसको मालिकहरू डीपी प्रधान, आनन्द लामा, सदन लामा, दावा छिरिङ लामा आदिले शिवखोला एडभेञ्चर क्याम्प गाउँदेखि अलग्गै क्षेत्रमा रहेको पर्यटकीय मानचित्रमा रहेको प्रसिध्द होम स्टे रहेको र यसलाई अब यो महामारीको समय आईलेसन सेन्टर बनाएर प्रयोग गर्न सक्ने जानकारी गराएका छन्।


शिवखोला एडभेञ्चर क्याम्प विशेष रूपमा 6 जनाको समूहले शुरु गरेको होम स्टे हो, जसमा डीपी प्रधान, सदन लामा, दावा छिरिङ लामा, आनन्द लामा, सञ्जय गुरुङ र त्रिलोक नेचाली आदि मिलेर सन् 2015 देखि यो होम स्टे शुरू गरिएको हो। गत वर्षदेखि कोरोना महामारीले पर्यटकहरू आउन कम भएको र गत वर्ष अक्टोबरदेखि मार्च महिनासम्म राम्रो चलेको अनि देशमा कोरोनाको दोस्रो लहरले गर्दा बुकिङहरू धेरै भएपनि गत 1 मईदेखि भने यो होम स्टे बन्द गरिएको डीपी प्रधानले पत्रकारहरूलाई बताए। कोभिडको दोस्रो लहरले ग्रामीण क्षेत्रमा पनि प्रभाव परिरहेकोले हाम्रो तर्फबाट पनि केही योगदान होस् भनेर हामी यसलाई आईसोलेशन सेन्टर बनाउन दिने निर्णय गरेको बताउँदै यसले सिविटार, गिताङ्गे, सिमरिङ, मालुटार, शिवखोला, नरबुङ आदि गाउँहरूलाई कभर गर्न सक्ने तिनले बताएका छन्। शिवखोला एडभेञ्चर क्याम्पमा अहिले सातवटा रुम रहेको र प्रत्येक रुममा दुईवटा बेड भएको कारणले गर्दा एकपल्टमा यहाँ 14 जनालाई आइसोलेसनमा राख्न सकिने पनि तिनले जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *