शिवमन्दिर एसियन हाईवे 2-मा दुईवटा ट्रक ठोक्किँदा चालक गम्भीर रूपमा घाइते

सिलगढी : सिलगढी संलग्न शिवमन्दिर एसियन हाईवे 2-मा दुईवटा ट्रक आपस्तमा ठोक्किँदा एकजना ट्रक चालक घाइते भएका छन्। प्राप्त जानकारी अनुसार कोल्ड ड्रिङ्क बोकेको एउटा ट्रक शिवमन्दिर एसियन हाईवे 2-मा रोकेर राखेको समय एउटा ईँटा बोकेको ट्रक अनियन्त्रित भएर पछिल्तिरबाट उक्त ट्रकलाई धक्का दिँदा ईँटा बोकेको ट्रकको चालक ड्राइभिङ सीटमा अड्किए। घटनाको खबर पाएर मतिगढा थाना पुलिस र बाघडुग्रा ट्राफिक गार्डका कर्मीहरू घटनास्थलमा पुगे। यसपछि मतिगढा दमकल विभाग र पुलिसको प्रयासमा उक्त चालकलाई ट्रकबाट निकालेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। घाइते चालक ठाकुरगञ्ज निवासी खुरशिद आलमको रूपमा चिन्हित गरिएको छ। घटनापछि कोल्ड ड्रिङ्क बोकेको ट्रक चालक घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। क्रेनको सहयोगमा दुईवटा ट्रकलाई उद्धार गरेर पुलिसको नियन्त्रणमा लिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *