शिव मन्दिरको मेडिकल मोड संलग्न फर्नीचर दोकानमा आगलागी, लाखौं रूपियाँको नोक्सान

सिलगढी: शिव मन्दिरको मेडिकल मोड संलग्न एउटा फर्नीचर दोकानमा आज बिहान आगलागीको घटना घटेको छ। उक्त आगलागीमा लाखौं रूपियाँको काठका फर्निचरहरू जलेर खाक भएको छ। दोकानका मालिक निमाई सरकारले बताए अनुसार आज बिहान दोकानमा आगो लागेको बारे स्थानीय मानिसहरूले जानकारी दिए। यसपछि दोकान पुग्न साथ दोकानको शटर खोलेर भित्र पस्न खोज्दा फर्निचरहरूमा भीषण आगो लगिरहेको साथै धुवाँ निक्लिरहेको देखे। यसपछि घटना बारे मतिगढा फायर ब्रिगेडलाई जानकारी गराए पछि एक इञ्जिन घटना स्थलमा पुगेर आगोलाई नियन्त्रणमा ल्याए। आगलागीको घटनामा लाखौं रूपियाँको फर्निचरहरू जलेको दोकान मालिक निमाई सरकारले जानकारी दिएका छन्। सम्भवत: शर्ट सर्किटको कारणले आगो लागेको हुनसक्ने बताइएको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *