शिवमन्दिर संलग्न विधानपल्ली इलाकाको एउटा घरमा चोरी

सिलगढी : मतिगढा थाना अन्तर्गत शिवमन्दिर संलग्न विधानपल्ली इलाकामा गत राति चोरी भएको छ। प्राप्त जानकारीअनुसार उक्त इलाकामा निवासी भवेष घोषको घरबाट बहुमूल्य सर-समानसहित बाइक चोरी भएको छ। घोष परिवारले दिएको जानकारीअनुसार गत राति लगभग 3 देखि 4 बजी पानी परिरहेको समय केही दुष्कृतिहरूले घरबाट एउटा बाइक, एउटा ग्यास सिलेन्डर, होम थिएटर लगायत अन्य सर-समानहरू चोरी गरेको बताइएको छ।


बिहान घरमा चोरी भएको बारे थाहा पाएपछि यसबारे मतिगढा थाना पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर छानबीन गरेपछि घटनाको जाँच शुरू गरेको छ। स्मरण रहोस्, गत केही अघि पनि उक्त इलाकामा चोरीको घटना घटेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *