श्रमिक विरोधी नीतिविरुद्ध आरएसपी-को प्रदर्शन   

सिलगढी : वामपन्थी समर्थित दार्जिलिङ जिल्ला आरएसपी संगठन-ले आज सिलगढी जङक्शनमा केन्द्र सरकारको श्रमिक विरोधी नीतिविरुद्ध प्रदर्शन गरे। दार्जिलिङ जिल्ला आरएसपी संगठनका सदस्य तापस गोस्वामीले बताएअनुसार राज्य तथा  केन्द्र सरकारको जन विरोधी एवम् श्रमिक विरोधी नीतिविरुद्ध राज्यभरिमै आन्दोलन भइरहेको छ। तिनले उक्त नीतिविरुद्ध आफूहरूको आन्दोलन जारी रहने बताए। यस अवसरमा आरएसपी नेता राम भजन महतोलगायत अन्य नेता तथा कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *