श्रमिकहरूको विविध माग पुरा गरिनुपर्ने मागमा सिटु-द्वारा नक्सलबारी चियाकमानमा गेट मीटिङ

नक्सलबारी : बाम श्रमिक युनियन सिटीले आज नक्सलबारी चियाकमान इलाकामा गेट मीटिङ गर्यो। चियाकमानका श्रमिकहरूको विभिन्न माग पुरा गरिनुपर्ने, न्यूनतम मजदुरी वृद्धि गरिनुपर्ने मागलाई लिएर आज गेट मीटिङको आयोजना गरिएको हो। बैठकको अन्तमा सिटु जिल्ला कमिटीका सदस्य गौतम घोषले भने, सरकारको कमिटी गठन भए तापनि श्रमिकहरूको न्यूनतम वेतन वृद्धि भएको छैन। चियाश्रमिकहरूलाई जमिनको पट्टा प्रदान, पीएफ प्रदान, अवकाशप्राप्त गर्ने समय 58 वर्ष परिवर्तन गरेर 60 वर्ष गरिनुपर्ने आदि विषयलाई लिएर बैठकमा चर्चा परिचर्चा गरियो। चियाकमानमा तराई, समतल मिलाएर मोठ साढे 4 लाख श्रमिकहरू रहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *