श्रमजीवि अधिकार अभियान टोली आइपुग्यो बिजनबारी

बिजनबारी: सम्पूर्ण खटीखाने श्रमिक लगायत विभिन्न पेशागत रूपमा मजदुरी गर्ने मानिसहरूले आफ्नो हक तथा उचित मुल्याङ्कन पाउनुपर्छ भन्ने उद्देश्यको साथमा शुरू गरिएको श्रमजीवि अधिकार अभियान टोली आज बिजनबारी आइपुग्यो।


अभियानका संयोजक छेवाङ योन्जनको संयोजकत्वमा आएको टोलीले स्थानीय मानिसहरूलाई श्रमजीवि हक तथा अधिकारबारे जागरुक गराए। यसको साथै सचेतना कार्यक्रम अन्तर्गत गीत सङ्गीतको माध्यमबाट स्थानीय मानिसहरूलाई मनोरञ्जन दिनको साथै अधिकारबारेमा जागरुक गराइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *