श्रम कानुन रद्द गरिनुपर्ने मागमा सिलगढीमा सिटु-को र्‍याली साथै ऐन अमान्य कार्यसूची पालन

सिलगढी : केन्द्र सरकारको श्रम कानुन रद्द गरिनुपर्ने मागमा सिटु-को दार्जिलिङ जिल्ला कमिटीद्वारा सिलगढीमा र्‍याली निकालिइयो। सिटु-का जिल्ला सचिव समन पाठकको नेतृत्वमा सिलगढीको लालमोहन मौलिक निरञ्जन घाटबाट एउटा विक्षोभ र्‍याली निकालेर विभिन्न इलाकाको परिक्रमा गरेपछि सिलगढी महकुमाशासक कार्यालयमा पुग्यो। तथापि, सिलगढी महकुमा शासक कार्यालयअघि पुगे तापनि त्यहाँ अगावै विशाल पुलिस वाहिनी तैनाथ गरेर र्‍यालीलाई अघि बढ्न नदिए तापनि ब्यारीकेट भत्काएर महकुमा शासक कार्यालय अघि संगठनका सदस्यहरूले ऐन अमान्य कार्यसूची पालन गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *