श्रम मन्त्री मलय घटकलाई भेटे डीटीडीपीएलयु बिमल खेमा टोलीले

सिलगढी: दार्जिलिङ तराई डुवर्स प्लान्टेसन लेबर युनियान केन्द्रिय समिति (बिमल खेमा)-को एउटा प्रतिनिधि टोलीले मुल सचिव सुरज सुब्बाको प्रतिनिधित्वमा राज्यका श्रम मन्त्री मलय घटकसित भेट गऱ्यो। स्थानीय सिलगढीको सर्किट हाउसमा आज भएको औपचारिक भेट अवधि 2017-को आन्दोलन पछि गैर कानुनी राजनैतिक अतिक्रमणको बलमा डीटीडीपीएलयु संगठनको केन्द्रीय अध्यक्ष, मुल सचिव साथै केन्द्रिय सदस्यहरूको बिना सहमतिमा नै युनियनको सभा डाकेर केन्द्रीय कमिटी गठन गरेर युनियनको नाम दार्जीलिङ तराई डुवर्स प्लान्टेसन लेबर युनियन साथै युनियनको पञ्जीकृत संख्याको दुरुपयोग गरेर असंवैधानिक काम गरेकोमा श्रम मन्त्री सामु घोर आपत्ति जनाए। उक्त प्रतिनिधि टोलीको कुरा सुनेपछि मन्त्री घटकले जसको नाममा युनियन गठन गरिएको छ उसैको नाममा रहने जानकारी दिँदै आउँदो केही दिनको अवधिमा श्रम मन्त्रालय मार्फत आफुहरूलाई पत्राचार गर्ने वचन दिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *