स्रष्टा देविका मंग्राती राईको कविता कृति ‘फागुन तिमी फर्कि आउनु’ विमोचन हुने

खरसाङ: खरसाङ क्षेत्रबाट लगातार रूपमा कविता लेख्दै आएकी स्रष्टा देविका मंग्राती राईको पहिलो कविता कृति विमोचन हुने भएको छ। तिनको पहिलो कविता कृति फागुन तिमी फर्कि आउनु आगामी 19 दिसम्बर आइतबारको दिन विमोचन गरिने भएको छ। स्रष्टा देविका मंग्राती राईको उक्त कृतिको लोकार्पण खरसाङको टाउन हलमा बिहान 10.30 बजेखि हुने भएको छ। तिनको उक्त कृतिको विमोचन विश्व नेपाली साहित्य महासंघ, भारत शाखा र शिवकुमार राई प्रतिष्ठान खरसाङको आयोजनामा सम्पन्न हुने भएको जानकारी प्राप्त भएको छ। तिनको उक्त कृति विमोचन कार्यक्रममा सबैलाई उपस्थितिको लागि निवेदन पनि गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *