श्रवनी गुरूङलाई डा. पवन कुमार चामलिङ पुरस्कार प्रदान

दार्जिलिङ : साउथफिल्ड कलेज दार्जिलिङद्वारा प्रदान गरिने पवन चामलिङ श्रेष्ठ विद्यार्थी पुरस्कार कलेजकै समाजशास्त्र विभागकी छात्रा श्रवनी गुरूङलाई प्रदान गरिएको छ। वर्षेनी शिक्षा माध्यमका प्रत्येक क्षेत्रमा अब्बल रहने विद्यार्थीलाई उक्त पुरस्कार प्रदान गरिन्छ। वर्ष 2019-2020 को निम्ति पाँचजना छनौट भएका अब्बल विद्यार्थीहरूमा श्रवनी गुरूङ यो पुरस्कार जित्न सफल भएकी हुन्। गत वर्ष कोरोना प्रकोपको कारण उक्त पुरस्कार प्रदान गर्न कलेज असमर्थ बनेको कारण कोरोना प्रोटोकललाई मध्यनजर राख्दै साउथफिल्ड कलेजकी प्राचार्य डा. अनुराधा राईको बाहुलीबाट श्रवनी गुरूङलाई उक्त पुरस्कार प्रदान गरियो। स्मरण रहोस, सिक्किम राज्यका भूतपूर्व मुख्यमन्त्री डा. पवन चामलिङ सन् 2008 मा साउथफिल्ड कलेजका एउटा कार्यक्रममा उपस्थिति दिन आएको समय तिनले कलेजका विद्यार्थीहरूलाई भनेर एउटा राशि प्रदान गरेका थिए। त्यही राशिबाट वर्षेनी एकजना विद्यार्थीलाई वर्षका श्रेष्ठ विद्यार्थी पुरस्कार दिने गरिन्छ। यस पुरस्कारमा स्मृति चिन्ह, प्रमाण पत्र अनि नगद राशि दिने गरिन्छ भनी साउथफिल्ड कलेज दार्जीलिङका प्राध्यापक सदीप प्रधानले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *