श्री रामकृष्ण आश्रम नक्सलबारीद्वारा आवश्यकमन्द मानिसहरूलाई भोजनको व्यवस्था

नक्सलबारी : श्री रामकृष्ण आश्रम नक्सलबारीद्वारा दुर्गा पूजा एकादशीको उपलक्ष्यमा आज आवश्यकमन्द मानिसहरूलाई नारायण सेवा अन्तर्गत दिउँसोको भोजन गराइयो। आश्रमका वीरेन कर्मकारले बताएअनुसार श्री रामकृष्ण आश्रम नक्सलबारीको प्राङ्गणमा आज दुर्गा पूजा एकादशीको अवसरमा एउटा कार्यक्रमको आयोजना गर्नको साथै लगभग डेढ़ सय आवश्यकमन्द मानिसहरू नारायण सेवा अन्तर्गत भोजन गराइयो।


यसको साथै दक्षिणा स्वरूप केही राशि प्रदान गरेको तिनले बताए। यस अवसरमा समाजसेवी विजय अग्रवाल, श्री रामकृष्ण आश्रम नक्सलबारीका उपसचिव भास्कर रोय, कोषाध्यक्ष परितोष वर्धन, वीरेन कर्मकार लगायत अन्य व्यक्तिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *