श्री सत्य साई बाबाको जन्म जयन्ती पालन

सुकेपोखरी : पोख्रेबुङ नागरी क्षेत्रको विभिन्न स्थानमा भगवान श्री सत्य साई बाबाको जन्म जयन्ती खुबै श्रद्धा भक्तिको साथ पालन गरियो । गत वर्षहरूमा समितिका विभिन्न मण्डलीले सामुहिक रूपमा सम्बन्धित साई केन्द्रमा साई जयन्ती पालन गर्दै आइरहेता पनि कोविड -19 को महामारीको कारणले यस वर्ष आ-आफ्नो समितिमा सामन्य रूपमा पालन गरिएको देखियो।


साई भक्तजनहरूले स्वामी श्री सत्य साई बाबाको प्रतिकृति अघि दीप प्रज्वलन गरेर हर्षोल्लासको साथमा ओमकार, त्रिगायत्री तथा भजन कीर्तन गाएर उक्त उत्सव पालन गरे। यसैगरी, कतिपय साई केन्द्रमा साई भक्तहरूले केक काटेर मानिसहरूलाई वितरण गरे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *