श्री श्री रामकृष्ण परमहंस देवको 187औँ जन्मजयन्ती पालन

राजगञ्ज : राजगञ्जको साहुडाङ्गी रामकृष्ण विवेकानन्द आश्रममा श्री श्री रामकृष्ण परमहंस देवको 187औँ जन्मजयन्ती पालन गरियो। यस अवसरमा आश्रममा धार्मिक कार्यक्रमको आयोजना गरिनेछ। श्री श्री रामकृष्ण देवको विशेष पुजा, भजन, यज्ञ लगायत तिनको जीवनीबारे अवगत गराउनको साथै प्रसाद वितरण गरेर जन्मदिन पालन गरिरहेको छ।


यस विषयमा स्वामी विनयानन्द महाराजले भने, रामकृष्ण परमहंस देवको जन्मदिनको अवसरमा आज आश्रममा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ। कार्यक्रममा सिलगढी र जलपाईगढी लगायत विभिन्न ठाउँहरूबाट श्रद्धालुहरू उपस्थित हुनेछन् भने प्रसादको पनि व्यवस्था गरिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *