श्रेय लिन होइन श्रमिकहरूको साथ खडा हुन आएको हो: अजय एडवाडर्स

दार्जिलिङ: श्रेय लिन होइन श्रमिकहरूको साथ खडा हुन आएको हो भनी हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले मन्तव्य पोखेका छन्। राज्य सरकारद्वारा पेश गरिएको 5 डेसिमल पट्टाको विरोधमा चियाश्रमिक सुरक्षा समितिद्वारा आज मिरिकमा रैली तथा जनसभाको आयोजना गरियो। उक्त रैली तथा जनसभामा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स, मिरिक समष्टि अध्यक्ष प्रशान्त लामा लगायत अन्य केन्द्रीय नेतृत्वहरूले पनि अंश ग्रहण गरेका थिए। 5 डेसिमल पट्टाको विरोधमा आयोजना गरेको रैली तथा जनसभामा अंश ग्रहण गर्न आएका चियाश्रमिकहरूको भीडलाई हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले जय श्रमिक भन्दै अभिवादन गर्दै अघि बढिरहेका थिए भने श्रमिकहरूले पनि जोशको साथमा जय श्रमिक भन्दै एडवाडर्सलाई अभिवादन गरे। यस अवधि पत्रकारहरूलाई सम्बोधन गर्दै तिनले भने, चिया श्रमिकहरूको आर्थिक अवस्था साँच्चै नै धेरै कमजोर छ।  यी चिया श्रमिकहरूको आर्थिक अवस्थालाई उठाउन सक्यौ भने म मेरो जीवनलाई धन्य ठान्छु। हाम्रो पार्टी गठन हुन भन्दा धेरै अघिदेखि नै हामीले चिया बगानहरूमा भ्रमण गर्दै श्रमिकहरूको समस्याहरू आत्मासात गर्दै आएका छौँ। 3 सयभन्दा अधिक कच्चा बाटोहरू बनाएका छौँ, युवा भाइ बहिनीहरूलाई खेलकुदप्रति प्रोत्साहित गर्ने उद्देश्यले खेल मैदानहरूको निर्माण, समाजिक कार्यहरू गर्नलाई समाज घरहरूको निर्माण, बिमारीहरूको उपचार, विद्यार्थीहरूलाई शिक्षाको व्यवस्था आदि जस्ता कार्यहरू गर्दै आएका छौँ। तर यी सबै कार्यहरू हाम्रो पार्टी विस्तार गर्नलाई हामीले गरेका होइन, भोट संग्रह गर्न पनि होइन भनी एडवाडर्सले बताए। हामी पाँच डेसिमल पट्टाको विरोध गर्छौँ।


हाम्रो पार्टीको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले पनि जोइण्ट फोरमको साथ खडा भएर पाँच डेसिमल पट्टाको विरोध गर्दै आइरहेको छ। चियाश्रमिकहरूले आफ्नो सबै जमीनको प्टटा पाउनु पर्छ। श्रेय लिन होइन तर चिया श्रमिकहरूले न्याय पाउनु पर्छ भन्ने उद्देश्य लिएर नै हामी सडकमा ओर्लिएका हौँ भनी एडवार्ड्सले बताए। तिनले जनसभालाई सम्बोधन गर्दै भने, म तपाईँहरूलाई सहयोग गर्न एवम् तपाईँहरूको मनोबल बढाउन आएको हो। अब तपाईँ हामी डराउनु हुँदैन, अघि बढनुपर्छ। चिया श्रमिकहरूको प्रत्येक समस्याहरूको समाधान हुनपर्छ भन्ने पक्षमा हामी खडा भएका हौँ। अब पुजा आउन धेरै दिन बाँकी छैन। विगतका दिनहरूमा जस्ता चिया श्रमिकहरूले आफ्नो पुजा बोनस किस्ता होइन एकै किस्ता पाउनु पर्छ भनी तिनले माग गरे। चिया श्रमिकहरूलाई यहाँको नेताहरूले पाँच डेसिमल पट्टा थोप्ने काम नगरोस्, श्रमिकहरूको जे जति जमिन छ ती सबैको पट्टा      पाउनुपर्छ। धनी मालिकहरूलाई ऐकर ऐकर जमिन दिएर चिया श्रमिकहरूलाई चाँहि पाँच डेसिमल यो हुँदैन, हामी सदैव श्रमिकहरूको साथमा रहनेछौँ भनी एडवाडर्सले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *