श्री श्रीमद् भागवत कथा एवम् महायज्ञ पाँच फरवरीदेखि शुरू

सिलगढी : श्री श्री 108श्रीमद्भागवत कथा महायज्ञ आगामी 5 फरवरीदेखि शुरू गरिने भएको छ। महायज्ञको आरम्भमा उक्त दिन बिहान महिलाहरूले एउटा विशाल कलश यात्रा निकालिइने भएको छ। फुलबारी 1 नम्बर ग्राम पञ्चायतस्थित रामनगर मजदुर बस्तीको छठ घाट नजिक सम्पन्न हुने उक्त महायज्ञ आगामी 11 फरवरीसम्म चल्नेछ। आयोजकर्ता नागरिक मञ्चले दिएको जानकारीअनुसार विश्व कल्याण एवम् विश्व शान्तिको कामनालाई लिएर उक्त महायज्ञको आयोजना गरिएको हो। महायज्ञमा श्री रोहितजी महाराज बृजवासीले प्रत्येक दिन अपरान्ह 4 बजीदेखि बेलुकी 8 बजीसम्म भगवान श्रीकृष्णको लीलाहरूले आध्यात्मिक प्रवचन प्रस्तुत गर्ने भएकोले गर्दा सबैलाई उक्त महायज्ञमा आमन्त्रित गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.