श्री श्री श्रीमद्‌भागवत कथा एवम् महायज्ञ शुरू 

सिलगढी : फुलबारी 1 नम्बर ग्राम पञ्चायत अन्तर्गत पर्ने रामनगर मजदुर बस्तीस्थित छठ घाट नजिक निकट श्री श्री 108 श्रीमद्‌भागवत कथा महायज्ञ भव्य कलश यात्राको साथमा आजदेखि शुरू भयो। महिलाहरूद्वारा महायज्ञ स्थलबाट उक्त कलश यात्रा शरू गरेर यहाँको शाहुडाङ्गीमा पुगेर कलशमा जल भरेर पुनः महायज्ञ स्थलमा पुगेर समापन गरियो। आयोजकर्ता नागरिक मञ्चले दिएको जानकारीअनुसार विश्व कल्याण एवम् विश्व शान्तिको कामनाको लागि उक्त महायज्ञको आयोजना गरिएको हो। आगामी 11 फरवरीसम्म चल्ने उक्त  महायज्ञमा रोहितजी महाराज बृजवासीद्वारा प्रत्येक दिन अपरान्ह 4 बजीदेखि बेलुकी 8 बजीसम्म आध्यात्मिक प्रवचनसँगै भगवान श्रीकृष्णका लीलाहरू मञ्चन गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *