श्यामा प्रसाद मुखर्जीको नामले चिनिने अब कोलकाता पोर्ट

कोलकाता : पश्चिम बंगालको दुई दिने भ्रमणमा आएका प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान बेलुर मठ (रामकृष्ठ मन्दिर)-मा गएर पूजा-अर्चना गरे। प्रधानमन्त्री आज एकाबिहानै स्वामी विवेकानन्द मन्दिर पुगेर स्वामी विवेकानन्दलाई पुष्प चढाएर श्रद्धाञ्जलि अर्पण गरे। स्वामी विवेकानन्दको 157औँ जयन्तीमा तिनको स्मरण गर्दै स्वामी विवेकानन्दजीले मानिसहरूलाई सदैव ऊर्जावान रहने परामर्श दिएको प्रधानमन्त्री मोदीले बताए। बेलुर मठपछि प्रधानमन्त्रीले कोलकाता पोर्ट ट्रस्टको 150औँ स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै पोर्टको नाम परिवर्तन गर्ने घोषणा गरे। तिनले उक्त पोर्टलाई अबदेखि श्यामा प्रसाद मुखर्जी पोर्टको नामले चिनिने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *